प्युठान । मल्लरानी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको छ । चालु आर्थिक वर्षमा लक्षित वर्गको कार्यक्रम अन्र्तगत दलित र जनजातीका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत लोकसेवा आयोग द्वारा लिइने सहायक स्तर चौधौं, पाचौं तह र अधिकृतस्तर (अप्रविधिक) पदको लागि सरकारी सेवाको प्रतियोगितात्मक परिक्षा सम्बन्धि तयारी कक्षा संचालन गर्न थालिएको गाउँपालिकाले जनाएको छ । पुस २ गतेभित्र दरखास्त पेश गर्न पालिकाले आह्वान गरेको छ ।
