> स्थानीय सरकार > नौबहिनीको ६८ करोडको बजेटभित्र के–कस्ता कार्यक्रम छन् ?


नौबहिनीको ६८ करोडको बजेटभित्र के–कस्ता कार्यक्रम छन् ?

महेश थापा
प्यूठान, १२ असार । आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि नौबहिनी गाउँपालिकाले ६८ करोड ५ लाख ८५ हजार ६ सय ७५ रुपियाँको बजेट ल्याएको छ ।

संघीय सरकारबाट ४६ करोड ५ लाख २८ हजार, प्रदेश सरकारबाट ५ करोड ५२ लाख ५७ हजार ६ सय ७५ र गाउँपालिकाको ६ करोड, सामाजिक सुरक्षा भत्ता १० करोड रहेको छ ।


पालिकाको तय गरेका मुख्य मुख्य कार्यक्रमहरु
१) खरका छाना विस्थापन कार्यक्रम ३ करोड
२) पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गरिने ४ करोड ८४ लाख
३) वडा तर्फ को मझौला योजना का लागि २ करोड
४) खानेपानी तर्फ १ करोड
५) विपद ब्यबस्थापन का लागि १ करोड
६) कृषक संग गाउँ सरकार का लागि ५० लाख
७) मर्मत संभारका लागि ४५ लाख
८) कोभिड प्रकोपबाट मृत्यु भएकाहरूका लागि राहत
९) वडा भवन निर्माण २,३,७ र ८ जम्मा २ करोड
१०) बालबिकास का शिक्षकको ७ हजार ले तलब बृर्धि
११) गाउपालिका बाट विचरित गापा अनुदान शिक्षकको रू २ हजारले तलब बृद्धि
१२)गापा बाट नियुक्त स्वास्थ्यकर्मी को रू २ हजार ले तलव बृद्धि

Leave a Reply

Your email address will not be published. Required fields are marked *