> राष्ट्रिय > स्वस्फुर्त सूचना प्रकाशित गर्न आग्रह


स्वस्फुर्त सूचना प्रकाशित गर्न आग्रह

प्यूठान, २२ जेठ । राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले सरकारले गरेका कामहरुलाई स्वस्फूर्त सूचना प्रकाशित गरि सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।

कोरोना भाईरस बिरुद्धको अभियानमा भईरहेको खर्चलाई लक्षित गर्दै सरकारले स्वास्थ्य मन्त्रालय तथा मातहतका कार्यालयले कुनै पनि नयाँ निर्णय गर्दा वा रकम खर्च गर्दा सो को बिबरण सार्वजनिक गर्नुपर्ने समेत बताउनुभयो ।

बास केन्द्रीय कार्यालय नेपालगन्जले सूचनाको हक र सकारात्मक सोचका बिषयमा आज गरेको अनलाईन अन्तरक्रियामा प्रमुख बक्ताको रुपमा बास्कोटाले उत्साह र उमंगले मानिसलाई स्वस्थ बनाईराख्ने भएकाले लकडाउनको अवधिमा उत्साहका साथ सचेतना पूर्बक काम गर्न अनुरोध गर्नुभयो ।

यो बेला धेरै ब्यक्तिहरु अफवाहका कारण बिरामी परिरहेको भन्दै बास्कोटाले कसैलाई पनि नआत्तिन अनुरोध गर्दै सही सूचना सम्प्रेषण गर्न समेत सवैमा अनुराधे गर्नुभएको छ । देश भरीका विभिन्न जिल्लाबाट झण्डै तीन दर्जन बढीको सहभागिता रहेको अन्तरक्रियाको सहजिरकण बासका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!