> समाज > निमतारा पोलिक्लिनिक बिजुवारमा दाँत र आँखा उपचार सेवा बिस्तार


निमतारा पोलिक्लिनिक बिजुवारमा दाँत र आँखा उपचार सेवा बिस्तार

प्यूठान । निमतारा पोलिक्लिनिक बिजुवार प्यूठानले सेवा बिस्तार गरेको छ । मित्रमणि चोकबाट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको पोलिक्लिनिककले स्थापनाको तेस्रो बर्षको अवसर पारेर सेवा बिस्तार गरेको हो ।

 

सेवाग्राहीको माग अनुसार पोलिक्लिनिकले दाँत र आँखा उपचार सेवाको बिस्तार गरेको पोलिक्लिनिकका संचालक डाक्टर सुवास जिसीले जानकारी दिनुभयो । आइतबार एक कार्यक्रमका बिच पोलिक्लिनिकमा संचालक डाक्टर सुवास र प्रकाश जि.सीका बुवा निमानसिंह र आमा तारा जिसीले सयुक्त रुपमा सेवा बिस्तारको उद्घाटन गर्नुभयो ।

 

यस्तै आँखा उपचार केन्द्रका सञ्चालक किरण पौडेलका बुबा कासिराम पौडेलले रिवन काटेर सेवा प्रारम्भ गर्नुभयो ।

 

पोलिक्लिनिकमा दैनिक बिरामी जाच तथा उपचार सेवा, जनरल फिजिसियन सेवा, भिडियो एक्सरे सेवा प्रयोगशाला, फार्मेसी, इसीजी, महिला तथा प्रसुती रोग बिशेषज्ञ, हाडजोर्नी तथा नसारोग बिशेषज्ञ र बालरोग बिशेषज्ञ सेवा सञ्चालन हुदै आएको छ ।