प्यूठान । हेटौडा उपमहानगरपालिका–१ मकवानपुर निवासी राधिका कक्षपति श्रेष्ठ र रबिशंकर श्रेष्ठ दम्पतीले महेन्द्र माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।
श्रेष्ठ दम्पतीले विद्यालयमा ५१ हजार रुपियाँ राशीको अक्षयकोष स्थापना गर्नुभएको हो । बुवा स्व.लालकुमार, आमा स्व. खुमादेवी तथा बहिनी स्व. मायादेवी कक्षपतिको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।
सरस्वती पुजाको अवसरमा घोषणा गरिएको अक्षयकोषको रकम विद्यालयको खातामा जम्मा भइसकेको प्रधानाध्यापक पिताम्बर पौडेलले जानकारी दिनुभयो ।
कोषबाट प्राप्त हुने ब्याजको रकम वार्षिक रुपमा असहाय, गरीव विद्यार्थीलाई प्रदान गरिनेछ । खलंगा सरोकार समुहका संयोजक मनोज कुमार श्रेष्ठले जन्म स्थानको माया गरेर अक्षयकोष स्थापना गरेकोमा दाता परिवारलाई आभार प्रकट गर्नुभएको छ ।