> राष्ट्रिय > प्यूठानकाे वड्डाँडा नजिकै गाडी दुर्घटना


प्यूठानकाे वड्डाँडा नजिकै गाडी दुर्घटना

प्यूठान । सरुमारानी गाउँपालिका-४ कुडुँले नजिकै गाडी दुर्घटना भएको छ । भालुबाङबाट प्यूठान आउँदै गरेको लु २ ख ३५६९ नम्वरको विङ्गर दुर्घटना भएको हो ।

गाडीमा १४ जना सवार रहेका थिए । तीमध्ये १ जना गम्भीर सहित ६ जना समान्य घाइते भएका छन् । घाईतेलाई उपचारका लागि भालुवाङ पठाइएको प्रहरीले जनाएको छ ।

 

ब्रेक फेल भएर गाडी दुर्घटना भएको बताइएको छ । गाडी सडकबाट करीव २० मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *