> समाज > यस्ता छन् प्यूठान उद्योग बाणिज्य संघको तेश्रो पूर्ण बैठकले गरेका निर्णयहरु


यस्ता छन् प्यूठान उद्योग बाणिज्य संघको तेश्रो पूर्ण बैठकले गरेका निर्णयहरु

प्यूठान । प्यूठान उद्योग बाणिज्य संघको १३ औं कार्यसमितिको तेश्रो पूर्ण बैठक शनिवार सम्पन्न भएको छ । संघको सचिवालय खलंगामा अध्यक्ष सन्देश आचार्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

 

सदस्यता नविकरण गर्ने, आजिवन सदस्यता प्रदान गर्ने, विपत्ति पूर्व तयारी अनुसार खाद्य बैंक स्थापना गर्ने, सल्लाहकार तथा सदस्य मनोनित लगायतका निर्णयहरु भएको संघका महासचिव झवेन्द्र शर्माले जानकारी दिनुभयो ।

 

तेश्रो पूर्ण बैठकले संघको मानार्थ सदस्यमा यज्ञबहादुर खत्री (प्रभात), कार्यसमिति सदस्यहरुमा पदमबहादुर थापा, विशाल खड्का र मिरा केसीलाई मनोनति गरेको छ । बालाजु श्रेष्ठ, राजेन्द्र प्रसाद राजभण्डारी, सनतकुमार श्रेष्ठ, नेगन सिंह कुवर र गोपाल नाथ योगी रहनुभएको ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । कानुनी सल्लाहकारमा बरिष्ठ अधिवक्ता रामेश्वर सुवेदी, प्रेस सल्लाहकारमा विजयसिंह भारती र व्यवसायिक सल्लाहकारमा प्रभात श्रेष्ठलाई चयन गर्नुका साथै विभिन्न उपसमितिहरु गठन गरेको छ ।

 

मनसुन नजिकिएसँगै विपत्तिको जोखिमलाई मध्यनजर गरी राहत सामाग्रीको व्यवस्थापनका लागि खाद्य बैंक स्थापना गर्ने संघले निर्णय गरेको छ । प्यूठान नगरपालिका–७ मा प्रदर्शनी स्थल निर्माणका लागि नेपाल सरकार उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयबाट आ.व. २०८२/८३ का लागि ३ करोड विनियोजन भएकोमा सांसद सूर्य थापालाई बैठकले धन्यवाद ज्ञापन गरेको छ । बैठकले असार १५ गते संघको ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *