प्युठान । नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको तीन महिने “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” को प्युठानमा पनि चहलपहल बढेको छ ।
शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको भर्चुअल माध्यमबाट देशैभरी एकै साथ उद्घाटन गरेसंगै अभियान अगाडि पढेको हो ।
जिल्लामा माओवादी नेताहरु गाउँ बस्तीमा पुगेर सरसफाई अभियान अगाडि बढाएका छन् । माओवादी केन्द्रका नेता कार्यकर्ताहरु अहिले गाउँगाउँमा जनतासंग केन्द्रीत भएका छन् ।
जनस्तरबाट माओवादीले आफूलाई रुपान्तरण गर्न र जनताको सहयोगी बन्न यो अभियानले थालिएको माओवादी युवा नेता सुमन श्रेष्ठले बताउनुभयो । ‘यो अभियान जनतालाई रुपान्तरण गर्न होइन, माओवादी आफू रुपान्तरण हुन हो’, उहाँले भन्नुभयो, ‘माओवादी नेता कार्यकर्ताहरुको चिन्तन र व्यवहारमा लागेको मैलो पखाल्न पनि अभियान सञ्चालन गरिएको हो ।’
माओवादी केन्द्रका केन्द्रीय स्तरका नेताहरु अभियान टोलीको नेतृत्व गर्दै घरघरमा पुग्न थालेका छन् । ६४ वटै वडा कमिटीले आफ्नो क्षेत्रमा बिद्यालय, स्वास्थ्य चौकी, सडक, मठमन्दिर, चौतारी, खानेपानी लगायतमा सरसफाइ अभियान शुरु गरेका छन् । पहिलो चरणमा जनताका समस्या बुझ्ने र जनतासंगै मिलेर गाउँगाउँमै सामाजिक काम गर्ने माओवादीले बताएको छ ।
अभियानमा : शैक्षिक सामाग्री बितरण
नेकपा ( माओवादी केन्द्र ) ले अघि सारेको ” जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान ” अन्तरगत प्युठान नगरपालिका ७ नम्बर पार्टी वडा कमिटीले आइतबार क्षेत्रबिकास माध्यामिक विद्यालयमाअध्यानरत गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि शैक्षिक सामाग्री बितरण गरेको छ।
बिधालयमा अध्यानरत कक्षा १ देखि १० सम्मका १० जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाइ स्टेसनरी बितरण गरिएको सुमन श्रेष्ठले बताउनुभयो । माओवादी केन्द्र प्युठान नगरपालिका -७ को वडा कमिटी सहजीकरण र क्षेत्रबिकास माध्यामिक विद्यालय पुण्डेखोलाको समन्वयमा स्टेसनरी वितरण गरिएको थियो ।
