प्यूठान । गौमुखी माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ठूलावेशीको व्यवस्थापन समिति पुर्नःगठन भएको छ । ज्ञामुराम न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।
अभिभावक भेलाले न्यौपानेको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा वडाध्यक्ष बरुणध्वज मल्ल, ज्ञानुमाया केसी, बैकुण्ठ बहादुर केसी, हरिबहादुर केसी, मानबहादुर केसी, जबुना सुनार, रिता विक, विष्णु पुरी रहनुभएको छ । समितिको सदस्य सचिवमा प्रधानाध्यापक माधवराज पोख्रेल चयन हुनुभएको विद्यालयका सहप्रधानाध्यापक जायश्वर जैसीले जानकारी दिनुभयो ।
साथै अभिभाक भेलाले प्रकाश न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरेको छ ।






