प्युठान । मल्लरानीको पर्यटन प्रवर्द्धनका आयोजना गरिएको दौड प्रतियोगितामा नौबहिनि गाउँपालिका-१ स्याउलिवाङका रेम बुढामगर प्रथम हुनुभएको छ । खलंगा टुडिखेलदेखी मल्लरानीसम्मको करीब ५ किलोमीटर दुरी २८ मिनेटमा पार गर्नुभएको हो ।
त्यसैगरी स्याउलिवाङकै दामोदर बुढामगर दोस्रो र मल्लरानी गाउपालिका-४ खलंगाका रमेश शाही तेस्रो भएका छन ।
महिला तर्फ सकुन्तला सुनारले दुरी पार गर्नुभएको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपियाँ पुरस्कार पाउनेछन । महिला तर्फ पहिलो हुनेलाई शान्त्वना स्वरुप ५ हजार रुपियाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।
मल्लरानी फुड फेस्टिबलको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
पुरस्कारको प्रायोजन प्युठान काठमाण्डौ नेवा: समाज र स्वर्गद्वारी महाप्रभु बचत तथा ऋण सहकारी संस्थाले गरेको छ ।