दीपेन्द्र सुनार
झिमरुक । झिमरुक गाउँपालिका-१ सौतामारेमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। नेकपा एमालेको मिसन ग्रासरुढ तथा सिर्जनात्मक अभियान अन्तर्गत ” राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद ” भन्ने मुल नाराका साथ नव वर्ष २०८० को अवसरमा प्रतियोगिता शुरु गरिएको हो ।
ने.क.पा. एमाले झिमरुक गाउँपालिका-१ पार्टी कमिटी तथा राष्ट्रिय युवा संघ नेपालको संयुक्त आयोजनामा संचालन भइरहेको उक्त कार्यक्रमको शनिबार ने.क.पा. एमाले केन्द्रिय पोलिट्ब्युरो सदस्य , प्युठान जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य सांसद सुर्य थापाले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्युठान , अर्घाखाँची र गुल्मी बाट गरी ११ टिमको सहभागीता रहेको छ। प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, दोस्रो हुनेले नगद १५ हजार, र तेर्स्रो हुनेले नगद दश हजार र प्रमाणपत्र प्राप्त गर्नेछन ।
कार्यक्रम आउँदो वैशाख ४ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ।