प्यूठान, ५ फागुन । नेपाल पत्रकार महासंघ प्यूठान शाखा उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको २६ औं महाधिवेशनमा प्यूठान शाखालाई सम्मान गरिएको हो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजिवी पत्रकारहरुको हितमा क्रियाशिल नेपाल पत्रकार महासंघका गतिविधिलाई व्यापक र प्रभावकारी बनाउन प्यूठान शाखाले भूमिका खेलेको सम्मान पत्रका उल्ल्ेख गरिएको छ ।
अध्यक्ष महावीरु रानाले सम्मान पत्र ग्रहण गर्नुभएको हो ।
यसैबीच, काठमाण्डौको राष्ट्रिय सभागृहमा जारी महाधिवेशनको उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्नुभएको थियो ।
