प्यूठान । मल्लरानी गाउँपालिका वडा नं. १ स्थित सोलहाल्ना पुग्ने दहखोला सोलहाल्ना सडक सुचारु भएको छ । सोलहाल्नाको ओडारे भन्ने स्थानमा असार २१ गते खसेको ठूलो ढुंगा आज ब्रेकर लगाएर फोडेर हटाएपछि बाटो खुलेको हो ।
बाटो अबरुद्ध हुदा स्थानीयले सास्ती पाएका थिए ।
