> समाज > चाडपर्वको अवसरमा छुट सुविधा सहित गुणस्तरीय बस्तुको कारोवार गर्न संघको अनुरोध


चाडपर्वको अवसरमा छुट सुविधा सहित गुणस्तरीय बस्तुको कारोवार गर्न संघको अनुरोध

प्यूठान । नजिकिँदै गरेको दशैं, तिहारको अवसरमा विशेष छुट सुविधा सहित गुणस्तरीय बस्तुको कारोवार गर्न प्यूठान उद्योग बाणिज्य संघले उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको छ ।

 

तुलनात्मक रुपमा चाडवाडको समयमा दैनिक उपभोग्य बस्तुहरुको कारोवार बढि हुने भएकाले उपभोक्राहरुको हित हुने गरि खाद्य बस्तुहरुको उत्पादन मिति, उपभोग्य अवधि र लेवल लगायतका बस्तुहरुको कारोवार गर्न संघले अनुरोध गरेको हो । बुधवार बसेको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको संघका कार्यवाहक अध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।

 

बैठकले पर्यटन विकास परिषद् बुटवलको सहकार्यमा पर्यटकीय क्षेत्रहरुको सम्भावना तथा दिगो पर्यटन विकास सम्वन्धी अन्तरक्रिया कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

 

घरेलु तथा साना उद्योग कार्यालय र करदाता सेवा कार्यालय मार्फत व्यवसायिक कर छुटको अवसर रहेकोले यसको सदुपयोग गर्न संघका कार्यकारी निर्देशक प्रकाश खनालले अनुरोध गर्नुभएको छ । समयमै कर दाखिला गरी फर्म नविकरण गर्ने, लामो समयदेखि कर दाखिला नगरेकाले छुट सुविधा लिने र कारोवार नभएका फर्महरु बन्द गर्न संघले सहजिकरण गर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *