प्यूठान, १४ जेठ । प्यूठानमा चट्याङ लागेर एक बालककोे मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ ।
बुधवार दिउँसो करिव साढे ३ बजेतिर परेको चट्याङले गौमुखि गाउँपालिका ६ धाराटोल निवासी ११ वर्षिय बालक दिपक सुनारको मृत्यु भएको हो । चट्याङकाबाट घाइते भएका उहाँको स्वास्थ्य चौकी लिबाङ् लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानकाा प्रहरी निरिक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते २५ बर्षिय शुरेस बि.कलाइ थप उपचारका लागि जिल्ला अस्पताल बिजुवारमा पठाइएको छ।
