प्यूठान । अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुक)को कार्यवाह अध्यक्षको जिम्मेवारी लोकराज भुसालले पाउनुभएको छ ।
पूर्व अध्यक्ष नारायण सापकोटा पदबाट हटेपछि महासचिव भूसाललाई केन्द्रीय सचिवालयको बैठकले कार्यवाहक अध्यक्षको जिम्म्ेवारी दिएको हो ।
बैठकले प्रथम उपाध्यक्ष सालिकराम सापकोटालाई कार्यवाहक महासचिवमा चयन गरेको छ । पछि त्यसको केन्द्रीय समितिको बैठकले स्थायी रूपमा ती पदहरूको पूर्तिका लागि आवश्यक निर्णय गर्ने संगठनले जनाएको छ ।
