> राजनीति > लोकतन्त्र दिवसको सम्झना


लोकतन्त्र दिवसको सम्झना

प्यूठान, ११ बैशाख ।
२०६२÷०६३ सालको जनआन्दोलनबाट प्राप्त लोकतन्त्र । आज १४ औं लोकतन्त्र दिवस । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता जनतालाई सुम्पिएको दिन ।

२०६१ माघ १९ पछि तत्कालीन आन्दोलनरत सात दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीबीच २०६२ मंसिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलन शुरु गरिएको थियो । १९ दिनसम्म चलेको जनआन्दोलनको नेतृत्व नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो । राजाले शासनसत्ता जनतालाई सुम्पिएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनको घोषणा गरेको थियो । २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भएको थियोे ।

संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्यको घोषणा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको होे । पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!