> राजनीति > जनप्रतिनिधिलाइ जनमाेर्चाकाे प्रशिक्षण


जनप्रतिनिधिलाइ जनमाेर्चाकाे प्रशिक्षण

प्यूठान । राष्ट्रिय जनमोर्चा प्यूठानले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाइ स्वागत सहित प्रशिक्षण दिएकाे छ । जिल्लाका विभिन्न स्थानीय तहमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सबै जनप्रतिनिधिलाइ आज खलंगामा प्रशिक्षण दिएको हाे ।

कार्यक्रममा  राजमाे लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले आफ्नो पार्टीले चुनावमा  ईमानदार पुर्वक लागेको तर कतिपय स्थानीय तह तथा ठाउँ अनुसार कतिपय गठबन्धन  दलबाट धोका भएको बताउनुभयो ।उहाँले  निर्वाचित जनप्रतिनिधिलाइ ईमानदार तरिकाले पार्टीको नीति अनुसार काम गर्न निर्देशन दिनुभयाे ।

सबै कामहरु गर्दा सजग र सतर्क भएर गर्न समेत उहाँकाे अनुरोध छ । अहिले सम्म राजमोका निर्वाचित जनप्रतिनिधि, सा‌म्सद, मन्त्री कसैले पनि भ्रस्टाचार तथा अनियमितता नगर्ने गरेको बताउदै यो छबिलाई बचाउन सबैलाई आग्रह गर्नु भएको छ।

राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले प्रशिक्षणात्मक मन्तब्य राख्दै जनतालाई केन्द्र बिन्दुमा राखेर काम गर्न सुझाव दिनु भएको छ । जनताका काममा खटेर लाग्नु पर्नेमा जाेड दिँदै काम गर्दा निति, नियम कानुनलाई पालना गरि काम गर्न सकेमा सफल हुने भन्दै लगनशील भएर काम गर्न अपिल गर्नु भएको छ।


राजमो लुम्बिनी प्रदेश सहसचिव केशवराज आचार्य, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का लगायतले कार्यकाल सफलताको सुभकामाना व्यक्त गर्भनुएको थियो। राजमो प्यूठानका सचिव बिदुर मल्लकाे अध्यक्षतामा भएकाे कार्यक्रमको  स्वागत जिल्ला सदस्य सरिता जि‍सीले गर्नुभएको थियाे भने संचालन सह सचिव लाल बहादुर राउतले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *