> राजनीति > जनयुद्ध दिवसमा श्रम शिविर


जनयुद्ध दिवसमा श्रम शिविर

प्यार अलि खाँन/प्यूसस
प्यूठान, २ फागुन ।
सरुमारानी गाँउपालिकामा २५ औँ जनयुद्ध दिवसको अवसरमा एक दिने श्रम शिविर सम्पन्न गरिएको छ । नेकपा २ नं. वडा कमिटिको आयोजनामा श्रम सिविर सम्पन्न भएको वडा इन्चार्ज एंव वडा अध्यक्ष बसन्त जिसीले जानकारी दिनुभयो ।
गनाहको डुङडुङे देखि बागेदमारसम्म गोरेटो बाटो खनिएको छ । “करिब ३ किलोमिटर गोरेटो बाटो खनियो ।” वडा अध्यक्ष जिसिले भने, “श्रम सिविरमा १ सय ३ जना पार्टीका नेता तथा कार्यकर्ता सहभागी भएका थियौँ ।”
सिविरमा नेकपा प्यूठानका अध्यक्ष तुल्सिराम शर्मा, सचिव कृष्ण अधिकारी (प्रकाश) प्रदेस कमिटि सदस्य एंव क्षेत्रिय इन्चार्ज नारायण अधिकारी, प्रदेस कमिटि सदस्यद्धय कृष्ण घिमिरे, विजयविराज विष्ट लगाएत नेताहरुको उपस्थिती रहेको सरुमारानी संगठन कमिटिका सचिव गुप्त बहादुर रानाले बताउनुभयो ।
जनयुद्ध दिवसलाई सिर्जनात्मक एंव रचनात्मक तवरले मनाईएको गाँउपालिका अध्यक्ष एंव नेकपा सरुमारानी संगठन कमिटिका इन्चार्ज झग बहादुर विश्वकर्माले बताउनुभयो । “गत वर्ष हामीले शहिद परिवालाई नगद सहित सम्मान गरेका थियौँ ।” अध्यक्ष विश्वकर्माले भन्नुभयो ।
५ घरधुरी रहेको विकट बस्ती बागेदमारलाई स्थानान्तरण गर्ने तर्फ गाँउपालिकाले सोँच बनाएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । श्रम सिविर संगै जनयुद्ध दिवसका अवसरमा श्रद्धान्जली सभा समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!