> समाज > गोठमा आगलागी


गोठमा आगलागी

बोमबहादुर परियार
प्यूठान, २९ चैत्र ।
मल्लरानी गाउँपालिका वडा नं. ३ मन्डाँडाको एक गोठमा आगलागी भएको छ । स्थानीय बेगमबहादुर अधिकारीको गोठमा आगलागी हुँदा गोठ पूर्ण रुपमा नष्ट भएको छ ।

आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । आगलागी कसरी भयो भन्ने खुल्न नसकेको प्रहरी चौकी चुँजाठाँटीका इन्चार्ज भिमबहादुर ओलीले बताउनुभयो ।

लक डाउनका कारण छिमेकमा सबै घरमै भएकाले आगो फैलिन नपाएको स्थानीयले बताएका छन् । आगो दिउँसो ३ बजे लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *