प्यूठान (खलंगा), २३ जेठ । लक डाउनको अवस्था भएपनि अत्यावश्यक सेवा भने सूचारु छन् । लक डाउनको अवधिमा अत्यावश्यक वस्तुहरुको मुल्यबृद्धि भएको गुनासो बढेपछि शुक्रवार खलंगामा बजार अनुगमन भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सरोकारवालाहरुका उपस्थितिमा बजार अनुगमन गरिएको हो । औषधी, खाद्यान्न, होटलहरुमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले जानकारी दिनुभयो ।
सामाग्रीको मुल्यसूचि, म्याद, सरसफाई, दर्ता÷नविकरण अनुगमन गरिएको हो ।
अनुगमनमा घरेलु तथा साना उद्योग, प्रहरी, गाउँपालिका, जनप्रतिनिधि, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग बाणिज्य संघ, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
