> समाज > प्यूठानका १२ जना पत्रकारको काेराेना परिक्षण


प्यूठानका १२ जना पत्रकारको काेराेना परिक्षण

प्यूठान, १२ असार । जिल्लाका १२ जना पत्रकारको कोरोना परिक्षण गरिएको छ । माण्डवी गाउँपालिकाले पत्रकारहरुको स्वाब संकलन गरेको हो ।

पहिलो चरणमा १२ जनाको परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ संयोजक धुर्ब कुमार पोख्रेलले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ प्यूठानसंग समन्वय गरि पत्रकारको स्वाब निकालिएको उहाँले जानकारी दिनुभयो ।

फिल्डमा खटिएकामध्ये पत्रकारको परिक्षण गरिएको महासंघका सचिब बिजय सिंह भारतिले बताउनुभयो । जोखिममा पत्रकारपनि हुने भएकोले परिक्षणका लागि पालिकासंग समन्वय गरिएको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!