> राष्ट्रिय > सामाजिक सन्जालमा भेलु बाजेको अश्लिल क्रियाकलाप नियन्त्रण गर्न माग


सामाजिक सन्जालमा भेलु बाजेको अश्लिल क्रियाकलाप नियन्त्रण गर्न माग

प्युठान । भेलु बाजेका नामले सामाजिक सञ्जालमा चर्चामा आएका प्यूठानका मिनबहादुर बुढाले समाजमा विकृति फैलाएको भन्दै नियन्त्रणको माग गरिएको छ ।

प्युठान झिमरुक गाउँपालिका–३ निवासी  शुवास जीसी नेतृत्वको युवाहरुको टोलीले प्युठानका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै मर्यादा कायम गराउन माग गरेको हो ।

 

मदिरा सेवन गराइ सामाजिक सञ्जालमा अश्लिल शब्द बोल्न लगाएर रेकर्ड गरी सामाजिक सञ्चाजलबाट सार्वजनिक गर्ने केही युटुबर र सामाजिक सञ्जाल प्रयोगकर्ताका कारण भुलु बाजे चर्चामा छन् ।

 

उनका हर्कतलाई नियन्त्रण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापन पत्रमा ‘त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकोले यथासिघ्र ‘भेलु बाजे’ र उनलाई प्रोत्साहन गर्ने युटुबर र व्यक्तिहरुलाई नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्न प्यूठानका सचेत युवाहरुले माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले यस सम्बन्धमा आवश्यक कारबाही गर्ने प्रतिवद्धता जनाएको विद्यार्थी नेता शुजास जीसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *