प्यूठान । जिल्लाका १ हजार मतदातालाई मतदाता शिक्षा दिइएको छ । संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा थारु महिला उत्थान केन्द्रको साझेदारीमा निर्वाचन सहयोग कार्यक्रम अन्र्तगत मतदाता शिक्षा सञ्चालन गरेको हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका लागि देशभर निर्वाचन हुदैछ । मतदान गर्ने सहि तरिकाबारे जानकारी नहुँदा धेरै मत बदर हुने गरेको छ । मतदाता शिक्षामार्पmत हुन सक्ने सम्भावित बदर मतलाई न्युन गर्ने रहेको संस्थाकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले बताउनुभयो ।
उक्त कार्यक्रम १२ वटा जिल्लामा सहजकर्ताहरुले गाउँ तथा समुदायमा सहजीकरण गरिरहनुभएको छ । प्यूठानमा १ हजार मतदातालाई शिक्षा दिइएको छ । उक्त कार्यक्रम मार्पmत १२ जिल्लाका १३००० मतदातालाई मतदाता शिक्षामार्पmत मतदान गर्ने तरिकाहरुको बारेमा जानकारी गराउने लक्ष्य रहेको कुरा संस्थाकी अध्यक्ष लिलावती थारुले स्पष्ट पार्नुभयो ।
