> समाज > नगरपालिकालाई खाद्यान्न सहयोग


नगरपालिकालाई खाद्यान्न सहयोग

प्यूठान, २४ बैशाख ।
लायन्स क्लव प्यूठानले प्यूठान नगरपालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण कोषमा क्लवले खाद्यान्न सहयोग गरेको हो ।

क्लवले एघार हजार तीन सय रुपियाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको अध्यक्ष बालाजु श्रेष्ठले बताउनुभयो । श्रेष्ठले उक्त सामाग्री नगरप्रमुख अर्जुनकुमार कक्षपतीलाई हस्तान्तरण गर्नुभएको हो । हिजो मल्लरानी गाउँपालिकामा क्लवले सहयोग प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *