समाजस्थानीय सरकार

प्रेस संगठन प्यूठानको एकता भेला भोलि हुँदै

प्यूठान, २२ फागुन २०७६
प्रेस संगठन नेपाल प्यूठान शाखाको प्रथम जिल्ला भेला तथा जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रम फागुन २३ गते शुक्रवार हुने भएको छ । साविक प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल वीच एकीकरण भई संगठन गठन भएको हो ।
भेला सम्पन्न गर्न संगठनका केन्द्रिय सहसंयोजक गणेश बस्नेत, ५ नं. प्रदेश इन्चार्ज मनोज घर्ति, प्रदेश संयोजक सविन प्रियासन, केन्द्रिय सदस्यहरु बलराम थापा, गिरुप्रसाद भण्डारी, प्रदेश सहसंयोजक मानसिंह वि.क. लगाएत नेताहरु प्यूठान आउने संगठनले जनाएको छ ।
एकताको प्रथम भेलाले जिल्ला कमिटि सदस्यहरुलाई सपथ ग्रहण गराउने जिल्ला सहसंयोजक विजयसिंह भारतीले जानकारी दिनुभयो

Related Articles

Back to top button