राजनीति

संयोजक बिष्टले सार्बजनिक गरे संस्थापनइतर कांग्रेसको निर्वाचन तालिका

प्यूठान । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई लिएर पार्टीभित्र संस्थापन (गगन थापा पक्ष) र संस्थापनइतर (शेरबहादुर देउवा तथा डा. शशांक कोइराला पक्ष) बीच समानान्तर गतिविधिहरू तीव्र बनेका छन् । यसै क्रममा संस्थापनइतर पक्षले आफ्नो तर्फबाट महाधिवेशनका प्रकृया सम्पन्न गर्न प्यूठान जिल्ला संयोजकको जिम्मेवारी दिएको भन्दै ईश्वर सिंह बिष्टले निर्वाचन तालिका सार्वजनिक गर्नुभएको छ ।

नेपाली कांग्रेस १५ औँ महाधिवेशन तयारी समितिले आफूलाई प्यूठान जिल्लाको संयोजकको जिम्मेवारी दिएको जानकारी दिँदै बिष्टले जिम्मेवारीलाई पार्टी, संगठन र लोकतान्त्रिक मूल्यप्रतिको दायित्वका रूपमा ग्रहण गरेको बताउनुभएको छ ।

उहाँले निर्वाचन प्रक्रियालाई निष्पक्ष, संयमित र जिम्मेवार ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको विधान, अनुशासन, लोकतान्त्रिक संस्कार र सामूहिक निर्णयलाई आधार बनाएर काम गर्ने उल्लेख गर्नुभयो ।

बिष्टले सार्वजनिक गरेको तालिका अनुसार असोज १५ गते वडा अधिनेशन शुरु भै मंसिर २१, २२ र २३ गते केन्द्रिय महाधिवेशन हुनेछ ।

Related Articles

Back to top button