> समाज > युवा संघ नेपाल प्यूठानको ११ औं अधिवेशन बैशाख २५ गते हुने


युवा संघ नेपाल प्यूठानको ११ औं अधिवेशन बैशाख २५ गते हुने

प्यूठान । राष्ट्रिय युवा संघ नेपाल प्यूठानको ११ औं जिल्ला अधिवेशन यहि बैशाख २५ गते हुने भएको छ ।

 

आज बसेको जिल्ला कमिटी बैठकले अधिवेशनको मिति तय गरेको युवा संघ प्यूठानका उपाध्यक्ष महेश पाण्डेले जानकारी दिनुभयो । युवा संघ प्यूठानका अध्यक्ष विश्यक थापाको अध्यक्षता र नेकपा (एमाले) जिल्ला कमिटी प्यूठान सचिव ईन्द्रमणि पोख्रेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

 

अधिवेशन सम्पन्न गर्नका लागि बैठकले विभिन्न उपसमितिहरु गठन गरि जिम्मेवारी बाँडफाँड गरेको छ ।

 

अधिवेशन प्रतिनिधिका लागि प्रत्येक वडाबाट १ महिला सहित ३ जना रहने व्यवस्था गरिएको छ । पालिका कमिटी पदाधिकारी अधिवेशनको पर्यवेक्षक रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *