प्यूठान, २५ भाद्र । विश्व आत्महत्या रोकथामको अवसरमा सरुमारानी गाउँपालिकाको बाङ्गेशालका स्थानीय किशोरकिशोरीलाई आत्महत्या रोकथाम सम्वन्धी प्रशिक्षण दिइएको छ ।
गाउँपालिकाको आयोजनामा स्वास्थ्य चौकी बाङ्गेशालमा किशोर, किशोरी तथा स्थानी बासिन्दाहरुलाई आत्महत्या रोकथाम सम्वन्धी प्रशिक्षण दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिनुभयो ।
किशोर किशोरीहरुले बढी आत्महत्याको बाटो रोज्ने भएकोले उनीहरुलाई विशेष प्रशिक्षण दिइएको रायमाझीले बताउनुभयो । साथै उनीहरुलाई समुदायमा सचेतना फैलाउन आग्रह समेत गरिएको उहाँको भनाई छ ।
प्रशिक्षण कार्यक्रममा गाउँपालिका स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझी, नर्सिङ स्टाफ इच्छा बुढा तथा बाङ्गेशाल स्वास्थ्य चौकीका प्रमुख ताराबहादुर थापा र अनमी हेमकुमारी घर्ती लगायतको सहभागिता रहेको थियो ।
