राजनीति

कांग्रेस प्यूठानको बागडोर शिवराज रिजालले सम्हाल्ने सभापति गिरीको उद्घोष

प्यूठान । नेपाली कांग्रेस प्यूठानका सभापति विष्णुकुमार गिरीले आगामी महाधिवेशन पछि जिल्लाको नेतृत्व सम्हाल्ने जिम्मेवारी नेता शिवराज रिजाललाई हस्तान्तरण गर्ने संकेत गरेका छन् । सभापति गिरीले जारी गरेको प्रेस विज्ञप्ति मार्फत आसन्न महाधिवेशनपछि रिजालले नयाँ नेतृत्वको बागडोर सम्हाल्ने बताउनुभएको हो ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत प्यूठानका वडा तथा पालिका तहका अधिवेशनहरू सम्पन्न भएको सन्दर्भमा सभापति गिरीले सहभागी सबै नेता–कार्यकर्तालाई धन्यवाद दिँदै आगामी अधिवेशन सफल बनाउन आह्वान गर्नुभएको छ ।

प्रेस विज्ञप्तिमा गिरीले “आसन महाधिवेशन पश्चात् पार्टीका नेता शिवराज रिजालले नयाँ नेतृत्वको बागडोर सम्हाल्नुहुनेछ” भन्दै रिजाललाई नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट संकेत गर्नुभएको हो ।

उहाँले महाधिवेशनपछि पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन परिवर्तनको आभास दिलाउने गरी आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

Related Articles

Back to top button