साहित्य सृजना

गजल !

सुरेशकुमार पाण्डे
बर्ष दिनपछि फेरी दशै आयो भन्छन,
गरिब सँग दुःखले मित लायो भन्छन ।

असाय र अबोध अनि बृद्धा आमा बा,
प्राण धान्न छोरा बिदेश पठायो भन्छन ।

बुझ्नै नसक्ने समस्या छ हाम्रो देश को,
नेताले घाँटि छिमेक मा सटायो भन्छन।

छैन बिकाश यो देशभित्र कस्ले हो गर्ने,
देशभरी गरिबी भ्रष्टचारी छायो भन्छन।

आउँछ एम सी सी बोकेर गोराहरु यँहा,
दुष्टले हिमलसम्म नजर लगायो भन्छन ।

कसरी मनाउँ कोरोनाकै कहर भित्र दशै,
देशका जनताले सदै दुखःपायो भन्छन ।

गरिबहरु ता आउँने मेला पर्वहरु ले गर्दा,
जिवनभरी दुख र रीणले अघायो भन्छन ।

देश बिदेश डुल्दै सेते जस्तै युवा दुखिभए,
बिदेशी ले देश को सम्पति खायो भन्छन ।

Related Articles

Back to top button