रबिन्द्र पाण्डे
प्यूठान । बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा गौमुखी क्याम्पस मच्छीकी रबिना बिक प्रथम हुनुभएको छ ।
आर्थिक समृद्धि तथा समाज रुपान्तरणका लागि सहकारी बिषयक प्रतियोगितामा दोश्रो स्वर्गद्वारी क्याम्पस पुण्यखोलाकी नारायणी पण्डित र तेस्रो प्यूठान क्याम्पस खलंगाका बालकृष्ण थापा हुनुभएको छ ।
प्रतियोगितामा अमर क्याम्पस भिङ्ग्रीकी सदिक्षा पोख्रेल र झिमरुक क्याम्पस बाग्दुलाकी मान्यता गिरीले सान्त्वना स्थान हासिल गर्नुभयो ।
बिजेतालाई क्रमश ७ हजार, ६ हजार, ५ हजार र २/२ हजार नगद पुरस्कार प्रदान गरिएको छ । सहकारीको चौथो स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।





