साहित्य सृजना

गजल !

सुरेश कुमार पाण्डे

आशा थियो चयन हुनेछ शंघर्षको प्रतिफल आएपछि,
तर झनपछि झनै संकट आयो यँहा बहुदल आएपछि।

लुट्दा सम्म लुटे राणा र राजाले देश अनि जनता लाई,
सुखःशान्ति कसरि हुँन्थ्यो जिवनमा उस्तैपल आएपछि।

हिमालको काख लाई फिजिको बाटो सिक्किम पुराउँन,
छिमेकिको ईसारामा नाच्नलाई ठुलो दलबल आएपछि।

जनताले शंघर्ष गरे ज्यानको बाझि लगाएर यहि देशमा,
तर गनतब्य हिन भए प्रतेकपल्ट भागमा छल आएपछि।

कसिरी बिकाश हुन्थ्यो दुश्मनको नजर लागिसकेकै थ्यो,
हो साम्राज्यावादी सँग साँठ गाठ भयो चञ्चल आएपछि।

जुन सरकार आएपनि बिदेशीको कटपुत्लि बनिहाल्छन,
उभो कसरि लाग्थ्यौँ शुन दिएर देशभित्र पितल आएपछि।

कृर्षि प्रधान देशमा सुके चक्रा चुक्रुक्कै नदी नालाहरु नी,
कसरि हुनछ उत्पादन नक्कलि बिउ अनि मल आएपछि।

हाम्रो देशमा बिकाशको योजना नै न आएको देख्यो सेते,
नाङ्गेझार हुँदैगयो देश मा सदियौँ भरी गृहकल आएपछि।

Related Articles

Back to top button