प्यूठान, ५ कात्तिक । प्यूठान नगरपालिका २ दाखाक्वाडि रिमाना की बिस्नु परियार उपचारका लागि “हामी नेपाली हाम्रो नेपाल” ग्रुपले १० हजार रुपैँया आर्थिक सहयोग गरेको छ ।
१० हजार रुपैयाँ बुधवार ग्रुपको टिम बिस्नुको घरमा पुगि परिवारलाई हस्तान्तरण गरिएको ग्रुपका सञ्चालक महेश रावतले जानकारी दिनुभयो ।
उपचारमा आर्थिक अभाव नहोस् भन्नका लागि ग्रुपबाट संकलन अभियान सञ्चालन गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “पहिलो चरणमा १० हजार सहयोग गरेको र पछिल्लो दिनमा पनि गर्दै जानेछौँ ।”
