> राष्ट्रिय > स्वर्गद्वारी नगरपालिकाको कामप्रति निवर्तमान नगरप्रमुखको असन्तुष्टि


स्वर्गद्वारी नगरपालिकाको कामप्रति निवर्तमान नगरप्रमुखको असन्तुष्टि

प्युठान । स्वर्गद्वारी नगरपालिकाका निवर्तमान नगरप्रमुख नेत्रबहादुर रोकायले नगरका गतिविधिप्रति असन्तुष्टि जनाउनुभएको छ । स्वर्गद्वारी नगरपालिका-३ ले गरेको समिक्षा कार्यक्रममा सहभागी रोकायले नगरको गतिविधिप्रति आफू पूर्ण असन्तुष्ट रहेको बताउनुभएको हो ।

 

उहाँले नगरपालिका नीति विपरित चलेको, फुसको छानो विस्थापित कार्यक्रमलाई भद्रगोल बनाउँदै अनियमित तरिकाले वितरण गरेको, आवश्कता र विकटताका आधारमा बजेट बिनियोजन नगरेको आरोप लगाउनुभयो ।

 

वडाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म गरेका गतिविधीको प्रगति विवरण वडाध्यक्ष कृष्ण रोकायले प्रस्तुत गर्नुभएको थियो ।

 


कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम गैरेले वडाले गरेको समिक्षा कार्यक्रम गरेकोमा वडापालिकालाई धन्यवाद दिँदै भइरहेका गतिविधी तथा योजनाहरु छिट्टै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

 

कार्यक्रममा नगर योजना शाखा प्रमुख विष्णु गोराथोकी, पुर्व वडाध्यक्ष बासुदेव रेग्मी एवं समिति सदस्यहरु, फुलबारी एकिकृत ग्रामिण विकास संस्था नेपालका प्रतिनिधी हिरा थापा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *