> राष्ट्रिय > प्यूठानबाट हेलिकप्टरमा काठमाण्डौ लगिएको गर्भवतीको स्वास्थ्य अवस्था सामान्य


प्यूठानबाट हेलिकप्टरमा काठमाण्डौ लगिएको गर्भवतीको स्वास्थ्य अवस्था सामान्य

प्यूठान, २६ बैशाख । रक्तश्राव भएपछि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको गर्भवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

मल्लरानी गाउँपालिका–३ बर्बोट निवासी ३० वर्षीया शिवा पोख्रेललाई रक्तश्राव भएपछि परिवारकै लगानीमा हिजो हेलिकप्टर चार्टर गरि सिभिल हस्पिटल काठमाण्डौ पु¥याइएको हो ।

विहीबार विहान ४ बजे पोख्रेललाई रक्तश्राव भएपछि जिल्ला अस्पताल विजुवार लगिएको थियो । स्वास्थ्य अवस्था जटिल भएकाले अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाण्डौ लैजान परेको पोख्रेलका देवर एव प्राथमिक स्वास्थ्य केन्द्र भिंगृका डा. राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

पाठेघरको मुखमा साल बसेकोले जिल्लामै अप्रेशन गर्न पनि समस्या भएको उहाँले बताउनुभयो । उहाँका अनुसार एम्बुलेन्सबाट लैजान पनि नमिल्ने भएर हेलिकप्टरबाट लौजान परेको हो । डा. पौडेलले अस्पतालमा भर्ना भइसकेको पोख्रेलको रगत बग्न बन्द भएकाले अप्रेशन गरिएको छैन । गर्भवतीको अवस्था अहिले सामान्य रहेको समेत उहाँले जानकारी दिनुभयो ।

काठमाण्डौ पु¥याएपछि गर्भवतीको स्वास्थ्यको जोखिम कम भएको छ । पाठेघरनै फाल्नुपर्ने अवस्था भएमा पनि अव समस्या नहुन सक्छ । उहाँले पाठेघर अगाडी भएको र महिना नपुगेकाले गर्दा अव उहाँलाई आराम गराउनुपर्ने अवस्था छ ।

हेलिकप्टर चार्टर गरेबापत करिव तीन लाख रुपियाँ खर्च लागेको परिवारले जनाएका छन् । श्रीमति शिवाको साथमा श्रीमान पुरुषोत्तम पौडेल जानुभएको छ । पोख्रेलको गर्भ ३४ हप्ताको रहेको छ । पोख्रेल दम्पतीबाट यसअघि एउटा सन्तान छन् ।

प्युठानमा उपचार सम्भव नभएपछि काठमाण्डौ रिफर गरिएकाले गृह मन्त्रालयबाट हेलिकप्टर चार्टरका लागि स्वीकृत लिएर पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताउनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जटिल स्वास्थ्य समस्या भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । प्युठानमा भने यो कार्यक्रम लागू नहँदा परिवारले नै खर्च व्यहोर्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!