राष्ट्रिय

देशभरका मातलपोत कार्यालय आइतवार देखी खुल्ने

प्यूठान, २४ जेठ । नेपाल सरकारको निर्णय अनुसार आइतवार देखी देशभरका मालपोत कार्यालय खुल्ने भएका छन् ।

कोरोना भाइरस जोखिम न्यूनिकरणको लागि २०७६ चैत्र ११ गते देखी सरकारले लक डाउन गरेपछि बन्द रहेका कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमि व्यवस्थापन तथा अभिलेख विभागले मातहतमा रहेका सबै कार्यालय सञ्चालनमा ल्याउन निर्देशन गरेको हो । लक डाउनका कारण देशभरका मालपोत कार्यालय बन्द भएका थिए ।

सरोकारवाला निकाय र सेवाग्राहीले न्यूनतम आवश्यक सेवा सञ्चालन गर्न माग भए पश्चात आइतबार देखी अनिवार्य रुपमा उपस्थित भई स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सेवा प्रवाह गर्न विभागले निर्देशन गरेको हो ।

सोही निर्देशन अनुरुप प्यूठानका मालपोत कार्यालय सञ्चालन आउने मालपोत अधिकृत भोज बहादुर भण्डारीले जानकारी दिनुभयो । कार्यालयले तत्कालको लागि प्रशासनिक तथा आन्तरिक कामकाज सञ्चालन गर्ने समेत भण्डारीले बताउनु भएको छ ।

Related Articles

Back to top button