राजनीति

किन जिल्ला दौडाहामा छन् कांग्रेस प्यूठानका सभापति विष्णु कुमार गिरी ?

प्यूठान । कात्र्तिक २८ गते (हिजो) अर्घाखाँची जिल्लामा रहेको नेपाली कांग्रेस प्यूठानका सभापति विष्णु कुमार गिरी आज (कात्र्तिक २९) गुल्मी जिल्लामा हुनुहुन्छ । गिरी सहितको एक प्रतिनिधि टोलीले दुवै जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गरेको छ ।

आसन्न कांग्रेस लुम्बिनी प्रदेश समितिको अधिवेशनमा महामन्त्री पदका आकांक्षा गिरीले लुम्बिनी प्रदेशका सबै जिल्लाका प्रतितिनिधिहरुसँगको भेटघाट गर्ने कार्यक्रम रहेको टोलीमा सहभागी एक सदस्यले बताए । ‘महान्त्रीमा उम्मेदवारी घोषणासँगै प्रतिनिधिहरुसँगको भेटघाटका लागि जिल्लामै पुग्ने योजना छ ।’ ,टोलीमा सहभागी ती प्रतिनिधिले जानकारी दिए ।

आधिकारिक रुपमा महामन्त्रीको उम्मेदवार घोषण नगरेपनि त्यसैको तयारी अनुरुप भेटघाट भैरहेको श्रोतले बतायो ।

गुल्मी पार्टी कार्यालयमा भएको छलफलमा आफ्नो धारणा राख्दै गिरी

 

को हुन् गिरी ?

कांग्रेसका युवा नेता गिरी नेपाली कांग्रेस प्यूठानको सभापतिको जिम्मेवारीमा हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गर्नुभएका गिरीसँग जनप्रतिनिधिको समेत अनुभव छ ।

गौमुखी गाउँपालिकाको दुई कार्यकाल अध्यक्षको भुमिका निर्वाह गर्दै आउनुभएका गिरी जनप्रतिनिधिहरुको छाता संगठन गाऊँपालिका राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश अध्यक्ष समेत हुनुहुन्छ ।

जिल्ला स्तरको राजनीतिक अनुभवलाई प्रदेश स्तरमा कार्यान्वयनका लागि गिरीलाई प्रदेश महामन्त्रीको रुपमा अघि सारिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमर प्रसाद भण्डारीले उल्लेख गर्नुभयो । युवाहरु माझ लोकप्रीय गिरी अग्रज, समकालिन र अनुज नेता कार्यकर्ताहरुसँग सजिलै घुलमिल हुन सक्ने क्षमतालाई संगठन निर्माणमा उपयोग गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

अर्घाखाँचीमा भएको भेटघाट

Related Articles

Back to top button