प्यूठान । प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले विजयी उम्मेदवारलाई बधाई दिनुभएको छ ।
उहाँले प्रतिस्पर्धी नेकपा(एमालें) का पोलिटव्यूरो सदस्य सूर्य थापालाई टिका र खादाले सम्मान गर्दै शुभकामना दिनुभएको हो । त्यसैगरि प्रदेश निर्वाचन क्षेत्र नं. १ का सदस्य तुल्सीराम शर्मा र प्रदेश क्षेत्र नं. २ का सदस्य सरोज थापा (रोज राणा)लाई बधाई तथा शुभकामना दिनुभएको छ ।
नेतृ पौडेलले प्यूठानको समग्र विकासमा सधै जनताको साथमा रहने प्रतिवद्धता जनाउनुभएको छ ।
