प्यूठान । प्यूठानका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर आफूले अक्षर आरम्भ गरेको विद्यालयलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
प्यूठान नगरपालिका–४ जुम्रीका हरि बस्नेतले माण्डवी गाउँपालिका–२ ढाँड स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई १० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
आफूले बाल्यकालमा अक्षर आरम्भ गरेको विद्यालय प्रति सम्मान र योगदान व्यक्त गर्ने उद्देश्यले जन्मदिनको अवसरमा सहयोग गर्ने निर्णय गरेको बस्नेतले बताउनुभयो ।
जन्मदिनलाई व्यक्तिगत खुसी र उत्सवमा मात्र सीमित नराखी आफूले शिक्षा हासिल गर्न सुरु गरेको विद्यालयको शैक्षिक विकासमा सानो भए पनि योगदान पुर्याउने उद्देश्यले सहयोगको घोषणा गरिएको हो ।









