प्यूठान । भारी वर्षाको सम्भावनाको कारण देखाउँदै प्यूठानमा दुई दिन विद्यालय बन्द हुने भएको छ । शिक्षा मन्त्रालयको निर्देशन भन्दै पालिकाहरुले विद्यालय बन्द गर्ने सूचना जारी गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि असोज ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि बिहीबार र शुक्रबार जिल्लाका सबै विद्यालयमा पठनपाठन बन्द गर्न पालिकाहरुले निर्देशन गरेका हुन् ।
विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको पालिकाहरुले जनाएका छन् ।





