> समाज > प्यूठान सेवा समाज दोहा कतारको सहयोग


प्यूठान सेवा समाज दोहा कतारको सहयोग

प्यूठान, २१ बैशाख ।
प्यूठान सेवा समाज दोहा कतारले कोरोना संक्रमण विरुद्ध लड्नका लागि सहयोग सामाग्री प्रदान गरेको छ । नौबहिनी गाउँपालिकामा २० हजार रुपियाँको खाद्यान्न सामाग्री र म्याट प्रदान गरिएको छ ।

झिमरुक र गौमुखी गाउँपालिकामा पनि २० हजार रुपियाँ बराबरको सामाग्री प्रदान गर्ने समाजले जनाएको छ । समाजले वैदेशिक रोजगारीमा पुगेका व्यक्तिहरुबाट आर्थिक संकलन गरि रकम पठाएको हो ।

यसैबीच बासुदेव मल्ल र ज्योति कवरले गौमुखी गाउँपालिका–५ खुङ र प्यूठान नगरपालिका–८ मा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । प्यूठान नगरपालिका–८ मा दुई सय वटा सर्जिकल मास्क, दुई सय वटा ग्लोब्स र २५ वटा स्यानिटाईजर वितरण गर्नुभएको हो ।
त्यसैगरि, गौमुखी गाउँपालिका–५ खुङमा तीन सय वटा सर्जिकल मास्क, ३५ वटा स्यानिटाइजर, तीन सय ग्लोब्स र एक सय हेड क्याप वडा कार्यालय र स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको ज्योति कवरले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *