> राष्ट्रिय > निर्वाचित जनप्रतिनिधिलाई स्वास्थ्य पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण


निर्वाचित जनप्रतिनिधिलाई स्वास्थ्य पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण

प्युठान । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा एक दिने स्वास्थ्य पुनर्स्थापना सम्बन्धि जनप्रतिनिधि, तथा बिषयगत शाखाका प्रमुखहरुका लागि अभिमुखीकरण कार्यक्रम आज प्युठानमा सम्पन्न भएको छ।

माण्डबि गाउँपालिकाको सभाहल देनिस्थानमा कार्यक्रम गरिएको हो। माण्डबि गाउँपालिकाका निर्बाचित जनप्रतिनिधि,प्रमुख प्रशासकिय अधिकृत, बिषयगत शाखाका प्रमुख र सरोकारवाला निकाय का प्रतिनिधिहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको र्राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ।

 

कार्यक्रमको सहजीकरण र्राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सचिवालय सदस्य जुमान सिंह के सी र प्रदेश परियोजना अधिकृत बिमला नेपालले गर्नु भएको थियो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले अपाङ्गता भएका ब्यक्तिको सवालमा गाउँपालिका संबेदनसिल रहेको भन्दै सबैको सहयोग र सहकार्य आवस्यक रहेको बताउनु भएको थियो।

 

र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका सचीव राजेन्द्र रावतले कार्यक्रमको संचालन गर्नु भएको थियो। स्वास्थ्य सम्बन्धि पुनर्स्थापना परियोजना अन्तरगत र्राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशको आयोजनामा कार्यक्रम गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *