समाज

गौमुखीबासीको तर्फबाट मुख्यमन्त्री आचार्य समक्ष चार बुँदे माग पत्र

प्यूठान । गौमुखी गाउँपालिकाबासीहरुको तर्फबाट गाउँपालिका र यहाँ क्रियाशिल राजनीतिक दलहरुले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष चार बुँदे माग पत्र पेश गरेका छन् ।

माग गरिएका योजनाहरुमा प्रदेश सरकारको तर्फबाट आवश्यक बजेट विनियोजन गरिदिन उनीहरुले माग गरेका हुन् ।

हरियाखोला–सालीबिसौना–लिवासे–अर्खा–आराबारे सडक स्तरउन्नति आयोजनालाई बहुवर्षिय योजना स्वीकृत गरि ठेक्का बन्दोबस्त गर्ने, गौमुखी आधारभुत अस्पतालका लागि दक्ष जनशक्ति र आवश्यक उपकरणको प्रबन्ध गर्ने, जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य गौमुखीको योजनावद्द विकासका लागि आवश्यक बजेट व्यवस्था गर्ने, र ठुलावेसी बजार क्षेत्रमा झिमुक नदी नियन्त्रणका लागि तटबन्धन निर्माण गर्न आवश्यक बजेट व्यवस्था गर्न उनीहरुले मुख्यमन्त्री आचार्यको ध्यानकर्षण गराएका हुन् ।

माग पत्रमा हस्पताक्षर गर्नेहरुमा गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरी, गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि बाबुराम के.सी., नेपाली कांग्रेसका पालिका सभापति मधुराम के.सी., नेकपा एमालेका पालिका अध्यक्ष जुमान सिंह जि.सी., नेपाली कम्युष्टि पार्टीका पालिका अध्यक्ष रमेश राना, राष्ट्रिय जनमोर्चाका पालिका अध्यक्ष जनक केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र केसी रहनुभएको छ ।

Related Articles

Back to top button