> खेलकुद > मार्सल आर्ट हाप्किडो संघ प्यूठानको आयोजनामा विद्यार्थीलाई मार्सल आर्ट हाप्किडो तालिम


मार्सल आर्ट हाप्किडो संघ प्यूठानको आयोजनामा विद्यार्थीलाई मार्सल आर्ट हाप्किडो तालिम

प्यूठान, २३ फागुन । माण्डवी गाउँपालिका नयाँगाँउको माण्डवी माध्यमिक विद्यालयमा मार्सल आर्ट हाप्किडो तालिम सुरु भएको छ ।

मार्सल आर्ट हाप्किडो संघ जिल्ला शाखा प्यूठानको आयोजना तथा माण्डवी गाउँपालिकाको सहयोगमा आइतवार एक कार्यक्रमका विच मार्सल आर्ट हाप्किडो तालिमको उद्घाटन गरिएको हो ।

 

उद्घाटन कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले एउटा विद्यालयबाट सूरु गरिएको उक्त तालिम आगामी दिनमा पालिकाको सबै विद्यालयलाई लागु गर्ने बताउनुभयो । खेलले देशको स्वाभिमान वढ्ने र असल नागरिक बन्न सहयोग गर्ने भएकाले तालिम अनुसाशित पुर्वक लिन सबै विद्याथीलाई उहाँले आग्रह समेत गर्नुभयो ।

 

खेल आत्मरक्षा र व्यक्तित्व विकासको लागि अपरिहार्य भएकाले उक्त तालिमको आयोजना गरिएको मार्सल आर्ट हाप्किडो संघ जिल्ला शाखा प्यूठानको अध्यक्ष मुक्ति पोख्रेलले बताउनुभयो । हाप्किडो खेलसँगै शिक्षा पनि संगै लगेर जान विद्यार्थीलाई उहाँले आग्रह गर्नुभयो ।

 

पहिलो चरणमा विद्यालयका करिव १५० विद्यार्थीलाई प्रशिक्षण गराइने मार्सल आर्ट हाप्किडो संघ जिल्ला शाखा प्यूठानको उपाध्यक्ष तथा प्रशिक्षक टेकराज के.सीले बताउनुभयो । विद्यार्थीलाई दैनिक १ घण्टा प्रशिक्षण गराइने के.सीको भनाई छ । के.सीले प्यूठान नगरपालिको विजुवारमा पनि मार्सल आर्ट हाप्किडोको प्रशिक्षण गराउदै आउनुभएको छ ।

 

उद्घाटन कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोका, मार्सल आर्ट हाप्किडो संघका केन्द्रिय अध्यक्ष काली वहादुर घर्ति, केन्द्रिय महासचिव, प्रदेश अध्यक्ष, स्थानिय जनप्रतिनिधि तथा शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *