प्यूठान । झिमरुक गाउँपालिका-१ सौतामारे फेदिमा बेवारिसे अवस्थामा रहेको दुई वटा भरुवा बन्दुक प्रहरीले फेला पारेको छ । कपिलपाता वनमा तिजुको रुख मुनि प्लाष्टिकले बेरेर राखेको अवस्थामा बन्दुक फेला परेको हो ।
गोप्य सूचनाको आधारमा प्रहरी टोलि खटाई पठाउदा अबैध साबुत भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।
अस्थायी प्रहरी पोष्ट सौतामारेबाट प्रहरी हवल्दार जीवन खत्रीको नेतृत्वमा खटिएको तीन जनाको टोलीले बन्दुक फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







