प्यूठान । लागु औषध दुरुपयोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय प्यूठानको संयुक्त आयोजना कार्यक्रम गरिएको हो ।
`लागु औषधको चुनौती चिनौ, सामाजिक समाधानको बाटो खोजौ´ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ प्यूठानको बिजुवारमा सरोकारवालाहरु उपस्थितिमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी नरहरी अधिकारीले लागुऔषधका प्रकृति, कानुनी ब्यबस्था र जिल्लाको अवस्थाका बारेमा प्रस्तुति राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम जिसी, प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईं, सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुख, सामाजिक संघसंस्था तथा यातायात समितिका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।





