प्यूठान, ८ असोज । नेपाल निजामति कर्मचारी युनियन(संघ) जिल्ला कार्यसमिति प्यूठानले निजामित कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न माग गरेको छ ।
सरकारले यहि असोज २४ गते निर्वाचन गर्ने मिति तय गरि निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना भइसकेको अवस्थामा असोज ६ गतेको मन्त्रिपरिषद बैठकले विना कारण निर्वाचन स्थगित गरेको भन्दै तोकिएकै मितिमा निर्वाचन गर्न माग गरेको हो ।
प्रमुख जिल्ला अधिकारी मार्फता प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै युनियन प्यूठानले निर्वाचन रोकिनु विधिको शासन विपरित र लोकतान्त्रिक मुल्यमान्यता विपरित कार्य भएको जनाएको छ ।
निर्वाचनमा पछिल्लो समयमा लोकसेवाबाट सिफारिस भएका किताव खानामा पद दर्ता रहेका र स्वास्थ्य, संसद सेवा लगायतका कर्मचारीहरु समेतलाई भाग लिन पाउने व्यवस्था मिलाउन माग गरिएको जिल्ला अध्यक्ष खिमबहादुर अधिकारीले बताउनुभयो । तय भएको निर्वाचन स्थगित गरि नयाँ मिति समेत जारी नगरि स्थगित गरेर अन्यौलता सिर्जना गरेको उहाँको भनाई छ ।