प्यूठान, ५ मंसिर । प्यूठान नगरपालिका ४ विजुवारमा शितभण्डारको शिलान्यास गरिएको छ ।
शुक्रवार लुम्विनि प्रदेश सभा सदस्य कृष्ण ध्वज खड्काद्वारा शिलान्यास गरिएको हो । शितभण्डार निमार्णका लागि थ्री कन्टक्सनलाई पुस मसान्तसम्ममा सक्ने गरि भ्याट सहित १ करोड १४ लाख ९४ हजार ९ सय ५० रुपैँयामा सम्झौता गरिएको नगरपालिकाका योजना शाखा प्रमुख चन्द्रबहादुर जि.सीले जानकारी दिनुभयो । शितभण्डार प्रदेश भुमि व्यवस्था तथा कृषि मन्त्रालयको १ करोड २ लाख १२ हजार ८ सय ८६ रुपैँया र नगरपालिकाको १४ लाख लगानिमा निमार्ण हुन लागेको जि.सीको भनाई छ ।
शिलान्यास कार्यक्रममा लुम्विनि प्रदेश सभा सदस्य कृष्ण ध्वज खड्का, नगरपालिका उपप्रमुख शान्ता आचार्य लगायतकोे उपस्थिति रहेको थियो ।
