समाज

मनबिर घर्तिलाई थप उपचारका लागि ललितपुर पठाइदै

प्यूठान । मानसिक स्वास्थ्य समस्याका कारण ठेडुकोमा राखिएका प्यूठान नगरपालिका-५ जुम्रीकाँडाका मनबिर घर्तीलाई थप उपचारका लागि मानसिक अस्पताल पाटन ललितपुर पठाइएको छ ।

१७ महिनासम्म गोठमा ठेडुकोमा बाँधेर राखिएका २३ वर्षीय घर्तीलाई उद्वार गरि जिल्ला अस्पताल ल्याइएकोमा थप उपचारका लागि पठाइएको अस्पतालका मानसिक रोग विशेषज्ञ डा. आभास योगीले जानकारी दिनुभयो ।

उपचार पद्धति एकै भएपनि सुरक्षाका दृष्टिकोणले पाटन पठाउनु परेको उहाँले जानकारी दिनुभयो ।

Related Articles

Back to top button